<

राैतहट,२६ गते असार । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान तिव्र रूपमा चलाइरहेको छ । आज साे अभियानमा संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी हुँदै बिरुवा राेपेका छन् । आज माैलापुरकाे आईटि चाैक लगायतका ठाउँहरूमा बिरुवा राेपिएकाे हाे । यस अघि माैलापुर नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा वृक्षारोपण भईसकेकाे छ । माैलापुर नगरपालिकाकाे सहभागीता तथा डिभिजन वन कार्यालय राैतहटकाे सहयोगमा ती विरूवाहरू राेपिने काम भईरहेकाे छ । वृक्षारोपण कार्यक्रम पछि बाेल्दै सांसद प्रभु साहले मौलापुर नगरपालिकाको “हमर नगर हरित शहर” को संकल्प छिटै पुरा हुने भन्दै शुभकामना व्यक्त गरेका थिए । मौलापुर नगरपालिकालाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । बुधबार विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए । कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । वृक्षरोपण कार्यक्रमकाे अवसरमा डिभिजन वन कार्यालयका अधिकृत राजेश साह,वडा अनिरूद्व प्रसाद यादव उर्फ संजय,आजपा नेता त्रिभुवन साह,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0