<

रौतहट,२७ असार । ३ हेक्टर जमिनमा विभिन्न जातका पाँच हजार बिरुवा रोप्ने लक्ष्य लिएर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा वृक्षारोपण कार्यक्रम सुरु भएको छ। अक्सफाम नेपालको आर्थिक सहयोग र ग्रामिण विकास केन्द्र नेपाल (RDC Nepal) को आयोजनमा संचालित नेपालमा जलवायु परिवर्तन अनुकुलन तथा पैरवी परियोजना अन्तरगत वृक्षारोप्न कार्यक्रम सञ्चालन भएको हो । जन एकता सामुदायिक वन र ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा जन एकता सामुदायिक वनमा करिब ३०० बिरुवा रोपिएको छ। सो वनमा टिक, मलेशियन शाल लगायत विभिन्न जातको बिरुवा रोपिएको हो । बुधबार भएको वृक्षारोपण कार्यक्रममा ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेन, उपाध्यक्ष कुमारी झा, कार्यकारी निर्देशक आशिष सिंह, फेकु फण्डका अध्यक्ष वेदहरी दाहाल, डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुर, विभिन्न वडाका जनप्रतिनिधि, इलाका प्रशासन, इलाका प्रहरी र का प्रतिनिधि लगायत करिब ३०० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0