<

राैतहट,२६ गते असार । राैतहटकाे एक पालिकामा विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाकाे चन्द्रपुर नगरपालिकामा विपद प्रतिकार्य सामाग्री दिइएको हाे । जिल्लाकाे अन्य पालिकाले यसप्रति खासै चासाे नदेखाएपनि चन्द्रपुर नगरपालिकाले यसकाममा एक कदम अगाडि बढेको छ । चन्द्रपुर नगर विपद ब्यस्थापन समितिका अध्यक्ष एवं चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय कुमार काफ्ले ,उप प्रमुख जयमाला कुमारी चौधरी द्वारा नेपाली सेना श्री वीरदल गण चन्द्रनिगाहपुर ,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुर(म) र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लाइ विपत प्रतिकार्य सामग्री आज एक कार्यक्रमवीच हस्तान्तरण गरेका हुन् । साे अवसरमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी ,वडा अध्यक्षहरू,कार्यपालिका सदस्य र कर्मचारीहरूको पनि सघन उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0