<

राैतहट,२६ गते असार । राैतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री माध्यमिक बिधालय साेनरनियामा छात्रवृत्ति स्वरूप पाेशाक वितरण गरिएको छ । Open photoआर्थिक वर्ष २०७९/८० काे छात्रवृत्ति स्वरूप आएको रकम बाट कपडा खरिद गरि सिलाइ गराएर बिधार्थीहरूलाइ आज वितरण गरिएको हाे ।Open photo श्री मावि साेनरनियाका प्रधानाध्यापक दिनेश यादवका अनुसार कुल ५ लाख भन्दा बढी छात्रवृत्तिकाे रकम बाट कक्षा १ देखि १० सम्मका अन्य छात्रा र दलित छात्रछात्रा करिब ८ सय जनालाई पाेशाक दिईएकाे हाे । बिधालय व्यवस्थापन समितिकाे निर्णय अनुसार कपडा खरिद गरि सिलाई गराएर बुधबार पाेशाक उपलब्ध गराएकाे प्रअ यादवले बताए ।Open photo साे अवसरमा वडा अध्यक्ष सिवपर्सन यादव,श्यामकिशाेर साह सहित स्थानीय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका सहित बिधार्थीहरकाे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0