<

राैतहट,२६ गते असार । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ३ मा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाइ पक्राउ गरी सार्बजनिक गरेका छन्। इशनाथ नगरपालिका कार्यालय नजिक रहेको आपको बगैचामा हत्या गरी फालिएको अवस्थामा मंगलवार बारामद भएको स्थानीय वडा नम्बर क्युम मियाको छोरा १७ वर्षीय सहबाज मियाको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेको हो। पक्राउ पर्नेमा स्थानीय बौद्धिमाई नगरपालिका वडा १ बौधा पतौरा घर भई हाल इशनाथ नगरपालिका ३ स्थित मामा घरमा बस्दै आएका भोज साहका १८ वर्षीय छोरा दशाई साह र इशनाथ नगरपालिका वडा नम्बर ३ बस्ने मदन साहको १९ वर्षीय छोरा रोशन साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन्। हत्या मा प्रयोग भएको फलामको रड र धारिलो हथियार समेत बारामद भएको छ। मृतकका १० वर्षीय भाई साबिर मिया संग भएको झै झगडाको बिषय लिएर सहबाज मियाको हत्या गरिएको प्रहरीले जनाएको छ।दशाई साहले हत्या गर्ने योजना बनाइ रोशन साह संग मिलेर फलामको रड तथा धारिलो छुरा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाइ कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नको लागि अदालत बाट अनुमति लिएर हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0