<

गाैर, २३ गते असार । आफ्नै आमाको हत्या गरी फरार भएका छोरा १ महिना पछि प्रहरी समक्ष जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन्। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोल निवासी फरार प्रतिबादी मनोज कुमार साह प्रहरी समक्ष आफै हाजिर भएका हुन। दाजु भाई बीच अंश बन्डाको बिषयलाइ लिएर विवाद हुदा आमा ६९ बार्षिय राधा देवी साहलाइ २०८१ साल जेष्ठ ५ गते बिहान साढे तिन बजेको समयमा घरकोठा भित्र टाउकोमा सिलौटोको लोहोरोले प्रहार गरी हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आमाको हत्या गरी फरार भएका साहलाइ खोज तलाश गर्ने क्रममा निजको श्रीमति, आफन्त, परिवारको सदस्य मार्फत सम्पर्क गरी फरार रहेको अवस्थाको जोखिम तथा हाजिर भई अनुसन्धानमा सहयोग गरे पछिको अवस्था बारेमा कानुनी परामर्श दिए पश्चात साह आफै हाजिर भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन्। कर्तव्य गरी मारेको घटनामा प्रहरीको कानुनी राय सल्लाह सुझाब मानेर आफै अनुसन्धानको लागि हाजिर हुने व्यक्ति साह पहिलो रहेका छन्। प्रहरी समक्ष हाजिर भएका साहलाइ कर्तव्य ज्यान सम्बन्धि मुद्दामा अदालत बाट अनुमति लिई हिरासतमा राखी थप अनुसन्धानको कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0