<

राैतहट,२३ गते असार । लाल बकैया नदिकाे बाँधकाे अवलोकन गरिएको छ । राैतहटकाे माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना कुमारी साहले आज लाल बकैया नदिमा रहेकाे बाँधकाे अवलोकन गरेकी हुन् । नदि पानीको सतह बढन थालेपछि मेयर सहितकाे टाेली अवलोकन गर्न पुगेको थियोे । बकैया नदीको जोखिमपुर्ण बाँधको अवस्था बुझन आज अवलोकन गरेकी हुँ, नगर प्रमुख साहकाे भनाइ छ । नदीमा पानीको सतह बढ़दो रहेकोले सतर्कता अपनाउन सम्पूर्ण नदी किनारका वासीहरुलाई अनुरोध समेत गरेकी हुन् । साे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादव,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह,स्थानीयहरू लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0