<

राैतहट,२३ गते । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान अन्तर्गत आज मर्यादपुरमा व्यापक बृक्षारोपण गरेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा नगर प्रमुख रिना कुमारी साहले वृक्षारोपण गरेकी हुन् । मौलापुरलाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । Open photoकेही अघि संघिय सांसद एवम् आजपा अध्यक्ष प्रभु साहले वृक्षारोपण गरी सो अभियानलाई शुभारम्भ गरेका थिए । Open photoदलित बस्ती सहित मावि मर्यादपुर सहितका ठाउँहरूमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए ।Open photo कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । Open photoवृक्षरोपण कार्यक्रमकाे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादव,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह,स्थानीय यूवा नेता बालाशंकर कुशवाहा लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0