<

रौतहट ।

रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।

गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अबिरल बर्षाको कारण पानिको सतह बढेपछि आज बिहान देखी बालचनपुर जंगलसहिया सडकखण्ड अवरूद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन ।

गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि  सानो गाडीहरु सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

तर ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको बर्षाले रौतहट स्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजो देखि बढेको पानीको सतह आज क्रमसः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0