<

रौतहट,७ गते असार । चन्द्रपुर नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले आफ्नै सभाहलमा आयोजित १३औं नगरसभामा उपमेयर जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । उपमेयर चौधरीले राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू/पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान शेष अनुदान र समपूरक अनुदान पुँजीगतको तथा आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, लगायतका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातसहित १० करोड गरी कुल १ अरव ८ करोड १० लाख बजेट प्रस्तावित गरेकी हुन् । उनले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै चन्द्रपुरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छिन् । अधिवेशनको उद्घाटन रौतहट क्षेत्र न.४ का सांसद देव प्रसाद तिमल्सिना,मधेस प्रदेशका उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई(समिर) तथा नगरपालिकाका मेयर संजय काफ्लेले संयुक्त पानसमा बत्ति बालेर  गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद तिमल्सिनाले स्थानिय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा,स्वास्थ,कृषी तथा पुर्वाधारको बिषयमा विशेष जोड दिन आग्रह गरे । उनले शिक्षा क्षेत्रमा रौतहट पछी परेकोले स्थानिय तहले शिक्षा क्षेत्रलाई माथी उकास्न विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । बजेट बनाउदा पिछडिएका बर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उनको आग्रह थियो । यस्तै कार्यक्रममा उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले तिनै तह नमिले सम्म नगरको बिकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए । उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र साेचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले बिकाशको गती लिन सक्ने हुँदा यसमा ध्यान दिन आग्रह गरे । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलीया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अवको मधेश सरकारले बिडिएस मार्फत कार्य गर्ने योजना बनाईसकेको बताए । साथै उनले आफ्नो कार्यकालमा नामको लागी तालिम नभई तालीम पछी रोजगार सृजना गर्ने ग्यारेन्टी रहने सुनाए । मधेश प्रदेश भित्र रहेका उध्योगी ब्यवसायिहरु संग सहकार्य गरी तालिम प्रदान गरी रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख संजय काफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0