<

रौतहट,०७ गते असार । रौतहट कटहरिया नगरपालिकामा आज हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको श्री माध्यमिक बिधालय भसेढवामा प्रतियोगिता आयोजन गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो । Open photoशुक्रवार कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सो प्रतियोगितामा नगर भरिको ५ वटा मावि सामुदायिक बिधालयको सहभागिता रहेको थियो । बिधालयको तर्फ बाट ४/४ जना बिधार्थी प्रतियोगीहरु सहभागी रहेका थिए । Open photoसो हाजिर जवाफ प्रतियोगितामा श्री जनता मावि कटहरिया प्रथम,श्री मावि भसेढवा द्धितिय र श्री मावि बलिरामपुर तृतिय भएको थियो ।Open photo उनीहरु तिनै बिधालयलाइ पुुरस्कार स्वरुप कपि,कलम, साइन्टिफिक कैलकुलेटर, औजार बकस प्रदान गरिएको थियो ।Open photo यस्तै श्री मावि जमुनिया र श्री मावि बगहीलाइ सान्तवना पुुरस्कार दिइएको थियो । सान्तवना पुरस्कार स्वरुप कपि, कलम र औजार बक्स सहभागी चारै जनालाइ दिइएको थियो । Open photoविधार्थीहरुको चौतर्फी विकासका गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् । बिद्यार्थीहरुको उच्च मनोबल बढाउन आफूले सधै यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।Open photo कार्यक्रममा सहभागी मध्ये बाट वक्ताहरु श्री मावि भसेढवाका प्रअ राममंगल यादव,श्री जनता मावि कटहरियाका प्रअ सचिन्द्र यादव र श्री मावि बगहीका प्रअ सरोज कुमार साहले धेरै राम्रो कार्यक्रम आयोजन गरेकोमा वडा अध्यक्ष कुशवाहालाइ धन्यवाद ज्ञापन गरेका थिए । Open photoकार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकामा बुुक फ्रि फ्राइडे बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिधालयका शिक्षक प्रतिनिधीहरु १० जना लाइ दोसल्ला ओढाएर वडा अध्यक्ष कुशवाहाले सम्मान गरेका थिए ।Open photo सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव,श्री मावि भसेढवाका विव्यस अध्यक्ष हरिलाल यादव,पूर्व सभापती रामएकवाल यादव,वडा प्रत्यासी दिपलाल यादव,पूर्व वडा अध्यक्षमा राजकुमार साह ,स्थानिय रामविर ठाकुर लगायत स्थानिय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालक श्री मावि कटहरियाका नेपाली शिक्षक अचल शाहीले जानकारी गराएका हुन् । पछिल्लो समय मधेसकाे सान गमछाले सम्मान गर्ने क्रम बढेसँगै उक्त कार्यक्रममा अतिथिहरू करिब ७० जनालाई गमछा ओढाएर सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0