<
गाैर, ७ गते असार । रौतहट जिल्लाको ४ वटा पालिकाले नगर अधिबेशन सम्पन्न गरेका छन्। आगामी आर्थिकको बजेट नीति तथा कार्यक्रम अशाढ़ महिनाको १० गते भित्र ल्याई सक्नु पर्ने कानुनी प्राबधान अन्तर्गत स्थानीय पालिकाले बजेट अधिबेशन गर्न लागिएको हो। अशाढ़ ५ गते जिल्लाको कटहरिया नगरपालिका आर्थिक बर्ष २०८१/२०८२ को लागि ४६ करोड बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेका थिए। ६ गते गरुडा नगरपालिकाले ७० करोड बजेट विनियोजन गर्दै बजेट अधिबेशन सम्पन्न गरेका छ। अशाढ़ ७ गते गौर नगर पालिकाले आयोजना गरेका नगर सभामा समाचार संकलन गर्ने उदेश्यले पुगेका स्थानीय सन्चारकर्मीलाइ कार्यक्रममा प्रवेशमा रोक लगाएको थियो। नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभामा कार्यपालिका सदस्य, नगर सभा सदस्यको उपस्थिति रहेको थियो। त्यसै गरी चन्द्रपुर नगरपालिकाले पनि नगर सभा सम्पन्न गरे संगै जिल्लाको ४ पालिकाको बजेट अधिबेशन सकिएको हो। स्थानीय पालिकाले आगामी आर्थिक बर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको छैन। रौतहटको शिक्षा, स्वास्थ्य, अवस्था कमजोर रहेको देखिए पनि पालिकाले जति पुर्बाधार विकासको क्षेत्रमा बजेट विनियोजन गरेको हुन्छ त्यसको अपेक्षा सामाजिक विकास, आर्थिक समृद्धि, बातावरण मैत्री विकासमा लगानी गरेको देखिदैन। बातावरणमा देखिएका असरलाइ रोक्नको लागि बोट बिरुवा रोप्नु पर्ने आवश्यक देखिएपनि पालिकाले सार्बजनिक जग्गा तथा निजी जग्गामा बातावरण स्वच्छ बनाउनको लागि हरियो बातावरण मैत्री बनाउनु पर्ने नीति लिनु पर्ने जरुरी रहेको छ। पालिकाले ल्याएको नीति कार्यक्रममा बेरोजगारी समस्या समाधानको लागि उद्योग, कलकारखाना, स्थापना गर्ने बजेट प्रस्तुत गर्न सकिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1