<

 

रौतहट, जेठ १० ।

रौतहटको वृन्दावन नगरपालिकामा योजनाहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । वृन्दावन नगरपालिकाको नगरप्रमुख बिनोदप्रसाद कुर्मीले आज नगर स्तरीय बजेटबाट निर्माण भइरहेको योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

आज वृन्दावन नगरपलिकाको वडा नम्बर ९ स्थित रहेको टोल भुसाहामा नगर स्तरीय ५५ लाख बराबरको बजेटबाट निर्माण भइरहेको ईदगाह निर्माणकार्यको कार्यलाई के कस्तो भैरहेको छ भन्ने कुरा थाह पाउनका लागि मेयर कुर्मीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

साथै सोही अवसर पारी पालिकाको वडा नम्बर ८ स्थित रहेको बहुअरी टोलमा १० लाखको लागतमा निमार्ण भैरहेको सडक ढलान कार्यको पनि वृन्दावन नगरपालिका नगर प्रमुख कुर्मीले स्थलगत निरीक्षण गरेका छन् ।

उनले भने नगरका प्रत्येक योजनाहरुको कामकाज गुणस्तरीय र पारदर्शी रूपमा निमार्ण गर्न नगरप्रमुख कुर्मीले उपभोक्ता समितिलाई आग्रह समेत गरेका छन् । पछिल्लो समय नगरप्रमुख कुर्मीले विकास निर्माणका कार्यलाई तिब्रता दिएका छन् । सो अवसरमा वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, कर्मचारीहरु तथा स्थानीयहरु लगायत सद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0