<

 

रौतहट, जेठ १० ।

रौतहटको माधवनारायण नगरपालिकामा पालिकाको भवन निमार्णका लागि जग्गाको सहयोग भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको नगर प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्नो ५ कठा जग्गा निःशुल्क पालिकालाई सहयोग गरेका छन् ।

उनले स्थानीय सरकारको यो ६ वर्ष नाघन लागदा समेत हाम्रो पालिकाले आफ्नो भवन पाउँन नसकनु दुःखद कुरा रहेको तथा जग्गाका कारण अवरोध सृजना भएकाले मैले आफ्नो ५ कठा रहेको जग्गा नगरपाकिलाको भवन निमार्णका लागि सहयोग गरेको उनले बताए ।

नगरप्रमुख यादवले नगरपालिका भवन निर्माणका लागि आफ्ना करोडौं मूल्य बराबरको ५ कठा जग्गा निःशुल्क दान गरेका छन्।

माधवनारायण नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगर प्रमुख बैजनाथप्रसाद यादवले आफ्ना करिब १ करोडको जग्गा निःशुल्क दान गरेपछि नगरवासी निकै हर्षित भएका छन। माधोपुरमा अब नगरपालिकाको आफ्नै भवन पनि चाँडै निर्माण हुने मेयर यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0