<

 

रौतहट, जेठ १० ।

रौतहटमा बाल विकास विद्यालयको लागि भवनको शिलान्यास भएको छ । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुर स्थित बाल विकास विद्यालयको दुई कोठे भवन निर्माणका लागि आज एक कार्यक्रमका बीच शिलान्यास भएको हो ।

बुधबार एक समारोहका बिच मन्त्री यादव र माधव नारायण नगरपाकिलाका नगरप्रमुख बैजनाथप्रसाद यादवले संयुक्त रूपमा सो शिलान्यास गरिएको मन्त्री निकट नितेशकुमारले जनाएको हो।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको सखुअवामा मुख्य सचिव सन्तुप्रासाद यादवको पहलमा झाझ नदिको छेउमा आर्यघाट निर्माणका लागि पनि मन्त्री यादवले शिलान्यास गरेका छन् ।

हिजो मंगलबार नै सपथ लिएका नव नियुक्त मन्त्री यादवले विकास निर्माणकार्य लगायत आफ्नो जिम्मेवारी अहम भूमिकाका साथ निर्वाह गरि मधेश सरकारले गर्ने कार्यहरुमा सहकार्य गरेर कामकाजलाई विशेष प्राथमिकतामा राखी अगाडि बढाउने मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0