<

राैतहट,१३ गते जेठ । राैतहटकाे देवाही गाेनाही वडा नम्बर ७ मा आज आम जनता पार्टीकाे वडा कमिटी गठन गरिएको छ । आजपाका जिल्ला अध्यक्ष पूर्व मेयर धर्मेन्द्र प्र.पटेलको विशेष अतिथ्यता तथा पुर्व वडा अध्यक्ष जगरनाथ यादवको अध्यक्षता मा पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत गठन गरिएको छ ।Open photo साे वडाकाे मलङ्ग चौकको धार्मिक स्थल मठ्को प्राङ्गणमा बैठक बसी सर्वसहमतिबाट वडा कमिटी गठन गरिएको हाे । कमिटीकाे अध्यक्षमा विरेन्द्र साह,उपाध्यक्षमा सुरेन्द्र प्र. कुशवाहा, सरोज साह,सचिवमा राकेश कुशवाहा चयन भएका छन् ।Open photo त्यस्तै सहसचिवमा रामबाबु बैठा,अमिरी साह (भौउच) र काेषाध्यक्षमा नवल किशोर कुशवाहा लगायत ७५ सदस्यीय समिती गठन गरिएको देवाही गाेनाही नगरपालिकाका पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0