<
राकेश यादव,
१४ गते जेठ । राजदेवी नगरपालिका रौतहटको आयोजनामा सोमबार श्री माध्यमिक विद्यालय पथरा राजदेवी नगरपालिका वड़ा नम्बर १ मा प्रकोप र विपद संग सम्बंधित चित्रकला प्रतियोगिता संपन्न भएको छ । यूनिसेफको आर्थिक सहयोग तथा आसमान नेपालको सहकार्यमा संचालित बृहद विद्यालय सुरक्षा न्यूनतम प्याकेज कार्यक्रम अन्तर्गत राजदेवी नगरपालिकाको आर्थिक सहयोग चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । माध्यमिक विद्यालय ब्रह्मपुरी ,नमूना माध्यमिक विद्यालय मूडबलबा , माध्यमिक विद्यालय हज्मीनिया , माध्यमिक विद्यालय बसतपुर ,माध्यमिक विधालय पथरा, आधारभूत विद्यालय लक्ष्मीपुर बेलबीछबाका विद्यार्थी सहभागी भएको चित्रकला प्रतियोगितामा माध्यमिक तरफ़मा मावि ब्रह्मपुरीका दिलीप राम प्रथम भएका छन । श्री मावि पथराका मोनिका कुमारी दोस्रो तथा नमूना मावि मुड़वालबा तेस्रो स्थान प्राप्त गरेका छन । आधारभूत विद्यालय तरफ़मा आधारभूत विद्यालय लक्ष्मीपुर बेलबीछबाका अमित पंडित प्रथम , मावि मूडवालबाका नितेश कुमार दोस्रो तथा मावि बसतपुरका रानी साह तेस्रो भएको श्री माध्यमिक विद्यालय पथराका प्राध्यानध्यापक उतिचन्द्र यादवले जानकारी गराएका छन । चित्रकला प्रतियोगितामा सफल भएका विद्यार्थीलाइ राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले पुरुस्कार वितरण गरेका छन । कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी , वड़ा अध्यक्ष राम नरेश यादव लगायत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । विद्यालय स्तरमा हुन सकिने प्रकोप र बिपद जोखिम बाट कसरी सुरक्षित हुने बारे जानकारी गराउने उदेश्यले राजदेवी नगरपालिकाको २० वटा विद्यालयमा बृहद विद्यालय सुरक्षा न्यूनतम प्याकेज कार्यक्रम लागू रहेको कार्यक्रमका पालिका स्तरीय संयोजक राजू पटेलले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1