<

रौतहट,१३ गते जेठ । रौतहटमा गर्मीले बालबालिकाहरु विधालयमै मुर्छित हुन थालेपछि विदा दिन स्थानिय सरकारलाइ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले अनुरोध गरेको छ । विधालयहरुमा गर्मी विदा व्यवस्थापन सम्बन्धमा एउटा पत्र पठाउँदै यस्तो आग्रह गरेको हो । पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बिधालयमै बिधार्थीहरु बेहोस् हुुन थालेपछि बिधालय बन्द गर्न भनिएको छ । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन परिपत्र गरिएको इकाइ प्रमुख राम विनय कुमार सिंहले जानकारी गराएका हुन् । परिपत्रको मध्य नजर गरि जिल्लाको कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले गर्मी विदा दिएको छ । कटहरिया नगरपालिका नि.प्रमुख प्रशासकिय अधिकृत रामनरेश प्रसाद यादवले दिएको जानकारी अनुसार जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म वर्षे विदाबाट कट्टा हुनेगरि विधालय बन्द गरिएको जानकारी गराएका हुन् । यस्तै फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत वकिल पाल द्धारा हस्ताक्षरित सूचनामा जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म बिधालय बन्द गर्न नगरभरिका सामुदायिक तथा संस्थागत बिधालयको नाममा विदा दिन पत्र जारी गरेका छन् । पछिल्लो केही दिनदेखि रौतहटसँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । रौतहटमा दैनिक ४१ डिग्रीभन्दा माथि तापक्रम रहने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिनसम्म रौतहट सहित तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0