<

राैतहट,१३ गते जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी गरिएको छ । गैर पत्रकारहरुलाई समेटेर महासंघकाे सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजको माग गर्दै सोमवार सञ्चारकर्मीहरू द्वारा मुलगेटमा तालाबन्दी गरेको हो ।Open photo गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै रौतहट शाखा कार्यालयमा तालाबन्दी गर्नु परेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखा को पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साहले जानकारी गराएका छन् । Open photoउनले भने, सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0