<
,गौर, २८ गते बैशाख रौतहट जिल्लाको पहिलो टेलिभिजनको संचालिका संचारउद्यमी स्वर्गीय रामा यादवको जीवनमा आधारित बृतचित्रको शुक्रवार रेड टेलिभिजनको कार्यालय गौरमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । संचारक्षेत्रमा महिला भएर पनि गरेको योगदानलाइ मध्यनजर गर्दै निर्माण गरिएको संक्षिप्त बृतचित्रको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले विमोचन गरेका हुन ! जयरामा मिडिया प्रा ली गौरले आयोजना गरेको श्रीमती रामा यादवको तेस्रो पुण्यतिथिको समझनामा बृतचित्र विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नगर प्रमुख साहले समाजको परिवर्तनको लागि रामा यादवले गरेको कार्य सदैव भरी सम्झनामा रहने बताए ! समाजमा रहेका कु संस्कार , बिसंगति , अन्यायलाइ हटाएर सुशासन ,न्याय , समानता ल्याउने उदेश्यले स्वर्गीय रामा यादवले गरेको योगदान स्मरणीय रहने उल्लेख गर्दै रामा यादवले देखेका सपना पूरा गर्न सवैले आ आफ्नो तरफबाट सहयोग गर्नु पर्ने आग्रह गरे ! गौर नगरपालिकालाइ समृद्ध नगरपालिका बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै विकास निर्माण , सामाजिक परिवर्तन , सुशासन तथा न्यायको पक्षमा कलम चलाएर सहयोग गर्नु पर्ने धरना राखे ! मुलुकको आर्थिक अवस्था दिन प्रति दिन कमजोर हुदै गएको अवस्थामा नेपाल सरकार बजेट कटौती गर्दा विकास निर्माणमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको बताए ! पटक पटक बजेट कटौतीले गर्दा बनाइएको योजना कार्यान्वयनमा असर पुग्ने भएकोले यस्तो कार्य नगर्न नेपाल सरकारलाइ आग्रह गरे । मेयर साहले नगरपालिकाको विकासमा सवैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले भने योजना निर्माण देखि लिएर कार्यान्वयन सम्म राय सलाह सुझाव दिनु त्यसलाइ आत्मसात गरेर अघि बढ़ने छू ! रौतहटको पहिलो टेलिभिजनको रुपमा स्थापना भएको रेड टेलिभिजनको सञ्चालनमा नगरपालिकाबाट सके सम्म सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा गौर नगरपालिका वड़ा नम्बर ५ का वड़ा अध्यक्ष शिव शंकर यादवले स्वर्गीय रामा यादवले गरेको कार्य बंदनीय रहेको भन्दै आफ्नो तरफबाट ५१ हजार रुपैया बरावरको सामग्री सहयोग गर्ने घोषणा गरे । जयरामा मिडिया प्रा ली का अध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा बरिष्ठ पत्रकार प्रभात कुमार झा , पत्रकार राकेश कुमार यादव , दिनेश यादव संगम , अभिमन्यु कुमार पटेलले स्वर्गीय रामा यादवको योगदानको चर्चा गर्दै सम्बेदन प्रकट गरेका थिए । २०७७ सालमा सञ्चालनमा आएका रेड टेलिभिजनका संचालिका रामा यादवको २०७८ सालमा कायम रहेको कोरोना भाइरसको दोस्रो लहरमा बैशाख २८ गते कोरोनाको संक्रमणबाट ३० बर्ष कै अलपआयुमाँ निधन भएको थियो । रामा यादवको निधन भएपछि उहाको श्रीमान जय प्रकाश यादवले आफ्नो पत्नीको नाउमा रामा देवी स्मृति प्रतिष्ठान स्थापना गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने महिला पत्रकारलाइ रामा यादव पत्रकारिता पुरस्कार वितरण गर्दै आएका हुन ! २६ हजार १ रुपैया नगद राशि भएको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सुधारको लागि लेख्ने महिला पत्रकारलाइ प्रदान गरिने अध्यक्ष यादवले बताए । स्वास्थ्य उपचारको आभावमा कसैको जीवन अन्त्य नहोस ,स्तरीय स्वास्थ्य सेवा उपलब्ध होस भन्ने विषयमाँ कलम चलाउने महिला पत्रकारलाइ प्राथमिकता दिएको बताउँदै यस बर्ष जेष्ठ १९ गतेका दिन यो पुरस्कार प्रदान गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1