<

बज्जिकाञ्चल संवाददाता, बृन्दावन,जेष्ठ ०३ गते
रौतहटको बृन्दावन नगरपालिकाको देवीचौक हँुदै आकरपाथर–बरगजवा जाने बाटो कालोपत्र हुने भएको छ । जसको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले शिलान्यास गर्नु भएको हो ।
सांसद तिमल्सिनाको पहलमा १० करोडको लागतमा बृन्दावन नगरपालिक वार्ड नम्बर ८ देवीचौक देखि आकरपाथर हुँदै बरगजवा जाने सडक करिब ४ किलोमिटर असपाल्ड कालोपत्र सडक निर्माण हुने भएको छ ।
सो अवसरमा बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादव,पूर्व वडा अध्यक्ष दिनानाथ महतो, नेता कार्यकर्ताहरु,स्थानीय भद्र भलादमीहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0