<

बज्जिकाञ्चल संवाददाता,गरुडा,जेष्ठ ०३ गते
रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थय चौकी गरुडाको भवनमा एक कार्यक्रमका बिच नगरप्रमुख कन्थमनी जयसवालले समुद्धघाटन गर्नु भयो ।
बुधवार आयोजित विशेष समारोहमा गरुडा नगरपालिकाका नगरप्रमुख जयसवालले प्रयोगशालाको उदघाटन गरेका हुन् । प्रदेश सरकारको सहयोगमा लाखौं मूल्य बराबरको ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो ।
सो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले नगर प्रमुख जयसवाल लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् ।
ल्याब सेवा सुचारु भएछि नगर भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने नगर प्रमुख जयसवालले बताउनु भयो । यस अघि ल्याब सेवाका लागि अन्यत्र निजी क्लनिकमा जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र आम नागरिकलाइ सहयोग पुग्ने मेयर जयसवालले बताउनु भयो ।
उक्त उद्धघाटन समारोहमा सो वडाका वडा अध्यक्ष सुनिल कुमार जयसवालको अध्यक्षतामा भएको थियो । जसमा गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी,गरुडा नगरपालिकाको वडा नम्बर १ देखी ९ समको वडन अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु र विभिन्न राजनितीक दलका प्रतिनिधीहरु,कर्मचारीहरु तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0