<

बज्जिकाञ्चल संवाददाता, माधवनारायण,जेठ ०३ गते ।
रौतहटको माधवनारायण नगरपालिकाकामा स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास भएको छ । सो नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश राय यादवले संयुक्त रुपमा आज (बुधबार) स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो ।

स्वास्थ्य चौकीमा भवनको अभावले काम गर्न कठीनाई भएको हुँनाले मेयर यादवले आफनो बजेटबाट स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखेर काम गरिरहेका छन् । माधवनारायण नगरपालिका द्धारा २४ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण हुँने भवनको मेयर यादवले शिलान्यास गरेका हुन् ।
सो कार्यको लागि केही दिन पहिला वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश यादवले मेयर यादव समक्ष स्वास्थ्य भवनको प्रस्ताव राखेका थिए । सो कार्यक्रममा माधवनारायण नगरपालिकाका कर्मचारीहरु, वडा नम्बर ६ का जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी माधोपुरका कर्मचारीहरु तथा स्थानीयहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0