<

रौतहट,०३ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0