FILE PHOTO: FILE PHOTO: Former FTX Chief Executive Sam Bankman-Fried, who faces fraud charges over the collapse of the bankrupt cryptocurrency exchange, walks outside the Manhattan federal court in New York City, U.S. March 30, 2023. REUTERS/Amanda Perobelli/File Photo/File Photo
<

काठमाडौँ ।

अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय भएको छ ।

फ्राइडलाई आफ्नो कम्पनी एफटीएक्स मार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज ग्राहकहरूबाट आठ अर्ब डलर चोरेको आरोपमा २५ बर्ह्सको जेल सजाय सुनाइएको हो ।
यस घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक ठगी भएको बताइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधीश लुइस कपलानले यस मुद्धामा आफ्नो फैसला सुनाउदै बैंकम्यान फ्राइडको दावीलाई सुनुवाइमा अस्वीकार गर्दै ग्राहकहरूले पैसा गुमाएको र उनले झुटो कुरा गरेको बताएका थिए ।

न्यायाधीशले बैंकम्यानलाई एफटिएक्सको २०२२ मा भएको पतनसँग सम्बन्धित सात ठगी र षड्यन्त्र मा दोषी भएको फैसला सुनाएका थिए । न्यायाधीश कपलानले बैंकम्यानलाई यो गलत काम गरेको थाहा भएको समेत बताएका छन् । उनले भनेका छन्- ‘उसलाई थाहा थियो कि यो अपराध हो । तर उसले आफ्नो अधिकार जस्तै केहि पनि स्वीकार गर्दैन ।’

साथै न्यायाधीशले एफटिएक्सको नाममा रहेको ११.०२ बिलियन डलर जफत गरेर पिडितहरुको भुक्तानी गर्न समेत आदेश दिएका छन् ।

अदालतले यसअघि आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले प्रतिवादीले साक्षीहरूसँग छेडछाड गर्ने संघीय अपराध गरेको पाएको बताएको थियो । यो अपराध उद्धृत गर्दै, बैंकम्यान-फ्राइडलाई संघीय हिरासतमा फिर्ता गर्न आदेश दिइएको थियो ।

बैंकम्यानलाई लगानीकर्ताहरूलाई धोका दिएको र एफटीएक्स र अल्मेडा रिसर्च क्लाइन्टहरूको रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।

फ्राइड छोटो समयमा नै उदाएका अमेरिकी व्यवसायी मानिन्थे । उनी फाइनान्स र टेक्नोलोजी म्यागजिनको कभरमा समेत देखा परेका थिए । उनलाई फर्च्युनले वारेन बफेटसँग तुलना गरेको थियो र प्रमुख कोष प्रबन्धकहरू र उद्यम पुँजीपतिहरूबाट ठूलो लगानी प्राप्त गरेको थियो ।

तर यो सबै नाटकीय रूपमा बिग्रियो जब एक मिडिया रिपोर्टले अल्मेडाको ब्यालेन्स पाना कुनै स्वतन्त्र मूल्य बिना एफटिएक्सद्वारा सिर्जना गरिएको टोकनहरूमा आधारित रहेको खुलासा गर्यो । एकै समयमा, बैंकम्यानका कम्पनीहरू खतरनाक रूपमा आपसमा जोडिएको रूपमा पर्दाफास भयो । र उनको कम्पनि टाटपल्टियो । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0