<

 

बज्जिकाञ्चल,गरुडा,बैशाख २२

रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बाँदरले किसानलाई हैरान पारेको ठाउँलाई निरिक्षण गर्नु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ३,४,८ र ९ नम्बर गरि ४ वटा वार्डहरुको नगर प्रमुख जयसवाल सहित जिल्ला बन कार्यालयका प्रमुखको टोली समेतले निरिक्षण गरेको छ ।

उक्त नगरपालिकाको चार वटा गाउँमा जङ्गलबाट आएका जङ्गली बाँदरको हुँलले किसानले लगाएको बालीनालीलाई खाएर नष्ट गरेको हुँदा उक्त कार्यलाई रोक्न मलाहीटोल ,गरुडा ,जिगडिया र गम्हरीया गाउँमा लगाएको बालिनालीहरुलाई खाएको कुराहरु रेखदेख समेत गर्नु भएको थियो ।

उक्त गाउँमा बर्षौ देखी किसानले लगाएको बाली बाँदरको हुल आएर खाइदिने, दुःख दिएर हैरान बनाएको गुनासो सुनिएपछी केहि समय अगाडि हामीले डिभिजन बन कार्यालय रौतहटमा पुगी यसको लागी आवश्यक समन्वय गर्न आग्रह गरेका थियौं नगर प्रमुख जैसवालले भन्नु भयो । सोहि अनुरुप डिभिजन बन कार्यलय रौतहटका प्रमुख सुनिल कुमार कर्ण र जिल्ला समन्वय समितिको सभापति रामअयोध्या राय यादवले अनुगमन÷निरिक्षण गर्नु भएको छ ।

सोहि अनुगमनको क्रममा नगर प्रमुख जैसवालले भने कि नेपाल कृषि प्रधान देश हो तर यहाँ मलबिउ लगायत सिचाई समयमा नपाउदा किसान यसरी नै हैरान हुनु पर्ने अवस्था छ तर पनि जेनतेन गरि खाद र बिउको उपाय गरि उब्जाउने गर्छ तर जङ्गलबाट आएका बाँदरका हुलले किसानको सम्पुर्ण बालिनाली खाएर नष्ट गरिदिनेको कारण झन हैरान र दुख दिने गरेको बताउनु भयो ।

त्यस कारण यस ठाउँहरुमा रहेका बाँदरहरुलाई नियन्त्रणमा लिई समस्यालाई समाधान गर्न आग्रह गर्नु भएको थियो । निरिक्षणका क्रममा रहनु भएका डिभिजन कार्यालयका प्रमुख सुनिल कर्णले हामि चाडैँ नै बाँदरलाई नियन्त्रणमा लिई समस्याबाट छुट्टकारा दिलाउने प्रतिबद्धता जनाउनु भयो । कर्णले भने अहिले समयमा सिकारीहरु लगायत सुख्खा मौसममा बन लागेको डढेलोको कारण जङ्गली जनावरहरु जङ्गललाई छोडेर राजमार्गको छेछाउँमा तथा गाउँहरुमा पस्ने गरेको कारण यस्तो अवस्था आएको समेत बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0