<

 

बज्जिकाञ्चल,बैशाख २२ गते

रौतहटमा नेपाल रेडक्रस जुनियर युवाको मधेस प्रदेश स्तरीय दुई दिने शिविर गौरमा सुरु भएको छ । शिविरको उदघाटन सभामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले दुःखमा रेडक्रस भने नारा अनुसारको काम कसरी गर्न सकिन्छ युवालाई प्रेरित गरेका छन् ।

रक्तदान गर्न अभियान वनाएर जनसमुदायलाई जागरुक बनाउन आग्रह गरेका छन् । बागमती प्रदेशका सभापति भोला रुपाखेतीले अग्रजले ठाउँ नदिए सम्म युवा नेतृत्व आउँन नसक्ने । युवालाई नेतृत्वमा ल्यान वर्षौ देखि नेतृत्वमा रहनु भएका लाई छोडनु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेसका सभापति फुल महमदको अध्यक्षतामा भएको शिविरमा जिल्ला अघ्यक्ष राजकिशोर यादव, सभापति फुलबाबु मिया,सप्तरीका जगदीश प्रसाद अर्याल ,नेपाल रेडक्रस सोसाईटी रौतहटका अध्यक्ष राजकिशोर यादव ,पुर्व अध्यक्ष डा.नन्दकिशोर झा, शिक्षक धिरजय कुमार मिश्र सहितले मन्तव्य दिएका थिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0