<

 

बज्जिकाञ्चल,गरुडा,वैशाख २२ गते

रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा र नव निर्मित भवनको उदघाटन कार्य स्थगीत भएको छ । आज हुने भनिएको साधारण सभा र उदघाटन कार्यक्रम संघको केही सदस्यहरुको विरोधका कारण शान्ति सुरक्षाको ख्याल राखि सो कार्यक्रम अर्को सूचना प्रकाशन नहुनजेल सम्मका लागि स्थगित गरिएको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले जानकारी गराएका हुन् ।

गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा आगामी वैशाख २२ गते हुने भनिएको थियो । धेरैदिन देखि साधारणसभा बोलाउन माग गरिदै आएको थियो । तर सधारणसभा बोलाइएको थिएन् । वर्तमान अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल समाप्त भएको १ वर्षभन्दा बढी समय बित्दा पनि साधारण सभा नबोलाइएपछि व्यापारीहरु आक्रोशित बनेका थिए । उनीहरुले साधारणसभा बोलाउन बारम्बार माग गर्दै आएका थिए । गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष चौधरीले पत्रकारहरुसँग कुराकानी गर्दै आउँदो वैशाख २२ गते शुक्रवार संघको नव निर्मित भवनको उद्धघाटन र साधारणसभा एकै दिन बोलाइएको जानकारी गराएका थिए ।

संघको विधान अनुसार कार्यकाल समाप्त भइसकेपछि नयाँ कार्यसमिति चयनका लागि बन्दसत्र बोलाउने प्रावधान छ । सहमती नभएको खण्डमा चुनावी प्रक्रियाले नयाँ समिति चयन गर्ने गरिन्छ । समयमै नयाँ नेतृत्व चयन भए व्यापारीहरुको हकहितका लागि राम्रो हुने व्यापारीहरुको भनाइ छ । बारम्बार साधारण सभा बोलाउन माग गरेपनि आफूहरुले कुनै ठोस् जवाफ नपाएको उनीहरुले गुणासो गर्दै आएका थिए । साधारण सभा बोलाउँदा व्यापारीहरु द्धारा नै विरोध हुन थालेपछि अन्ततः स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0