<

काठमाडौँ, १५ माघ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

 

आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

 

आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नोभेम्बर २१ मा बसेको आइसीसी बोर्डले प्रतिबन्धका बाबजुत श्रीलंकाको क्रिकेट गतिबिधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रीका सार्ने निर्णय गरेको थियो ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0