EAST LONDON, SOUTH AFRICA - JANUARY 24: Gulshan Jha of Nepal bats ahead of wicketkeeper Saad Baig of Pakistan during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Nepal and Pakistan at Buffalo Park on January 24, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
<

काठमाडौं, १० माघ ।

नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।  जारी यू-१९ क्रिकेट विश्वकपमा समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै १९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए ।  त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए ।  त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।

यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए ।  त्यसैगरी खुबैब खलिल, मोहमद जीशान, अलि असफन्डले एक एक विकेट लिएका थिए । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0