<

काठमाडौँ, ७ माघ ।

पाकिस्तानले न्यूजील्याण्डविरुद्धको हारको सिलसिला रोकेको छ ।

लगातार चार खेलमा हार बेहोरेपछि पाकिस्तानले न्यूजील्याण्डलाई ४२ रनले पराजित गर्दै हारको सिलसिला रोकेको छ ।

पाकिस्तानले दिएको १३५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १७.२ ओभरमा अलआउट हुदै ९२ रन बनाएको थियो ।

पाकिस्तानको जितमा बलर इफ्तिकार अहमदले ३ विकेट लिए भने शाहीन शाह अफ्रिदी र मोहमद नवाजले २-२ विकेट लिएका थिए । त्यस्तै जमान खान र उसमा मिरले एक एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

यस खेलमा इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच बनेका छन् भने न्यूजील्याण्डका फिन एलेन प्लेयर अफ द सिरिज बनेका छन् ।

योसँगै न्यूजील्याण्डले ५ खेलको सिरिज ४-१ ले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0