<

रौतहट,२० बैशाख ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री राम सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश संचार सम्मेलनमा संवोधन गर्दै सो कुरा बताएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा प्रदेश स्तरिय कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए । संचारकर्मी र संचारमाध्यमका लागि हित अनुकुलका ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले धारणा ब्यक्त गरे । पत्रकारका समस्या आफुले बुझेको जनाउँदै उनले यस प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि एक करोड रुपैयाँ माथिको सहयोग राशी आँउदो वर्षमा दिने समेत जानकारी दिए ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को अवसरमा बुधबार विहान चन्द्रनिगाहपुरमा नेपाल पत्रकार महाँसघका पुर्वअध्यक्ष तारानाथ दहालसमेतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयमा वक्ताहरुले चर्चा र छलफल भएको थियो । कार्यक्रममा रौतहट क्षेत्र नं– ४ का संघिय सांसद देवप्रसाद तिमलसिना,प्रदेश सांसद युवराज भट्टराईलगाएतका वक्ताले पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन जोड दिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६–६ जनाको सहभागि रहनुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काप्ले,कटहरियाका नगरप्रमुख अजयप्रकाश जयसवाल,रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्षसहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0