<
गरुडा,वैशाख २० गते
रौतहटको गरुडामा ३ महिने सिलाई कटाई सिप बिकास तालिम सुरु भएको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरि भनेर चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ अन्तर्गत पर्ने गरुडामा गरिवी निवारण लघु उधम बिकास गरुडाद्धारा आयोजना गरिएको महिलाहरुको लागी ३ महिने सिलाई कटाई सिप बिकास तालिकको एक कार्यक्रमको बिच गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले रिवन काटी भब्य उद्धघााटन गर्नु भएको थियो । गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडाको वडाअध्यक्ष सुनिल जैसवालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो उक्त कार्यक्रमको प्रमुख अतिथि गरुडाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो ।
सिलाई कटाई सिप बिकास तालिमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने आजको युगमा महिलाहरु पनि अव कुनै पुरुष भन्दा कम नरहेको बताउनु भयो ।महिलाहरुलाई चुलोचौकामा मात्र सिमित नरहि र अरुको भरमा बाँच्न नपरोस भनि उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।यस कार्यक्रमले आफ्नो नगरमा रहेका बेरोजगार महिला दिदि–बहिनीहरुलाई छोटो समयमा सिलाई कटाई तालिम सिकि स्वरोजगार बन्न सक्ने र आत्मनिर्भर भई परिवार लगायत बालबच्चाको पनि राम्रो लालनपोषण गर्नमा मदत पुर्याउने थप बल मिल्ने बताउनु भयो ।नगर प्रमुख जैसवालले भने सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रममा ४४ जना महिलाले सिलाई कटाई तालिम लिने बताउनु भयो ।३ महिने सिलाई कटाईलाई मिरा कुमारी सिंहले प्रशिक्षण तथा स–पशिक्षण सबिना धिमालले ३ महिनासम्म प्रशिक्षण देने नगर प्रमुख जैसवालले बताउनु भएको थिए । त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै वडाअध्यक्ष सुनिल कुमार जैसवालले आफ्नो वार्डमा बेरोजगार रहेका महिलाहरु यो ३ महिने सिलाई कटाई तालिम लिसकेपछि रोजगार हुने बिश्वास लिएको बताउनु भयो ।वडाअध्यक्ष जैसवालले घरमा बसेर चुलौ चौकौ गरेर मात्र काम नचलने भएपछि आफुसंग सिप भएपछि घरको खर्च तथा आफ्नो छोराछोरीको सानोतिनो कामकाज चलाउने सक्ने हुने तथा सानोसानो कार्यको लागी अरुको अगाडी हात फैलाउने जस्ता कुराबाट अनत्य हुने पनि बताउनु भएको थियो भने कार्यक्रमको सन्चालन उधम बिकासको सहजकर्ता सोनी सोनारले गर्नु भएको थियो ।सोहि कार्यक्रमका स्थानिय भद्रभलादमी तथा तालिम लिने ४४ जना महिला लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0