<
आरके श्रीवास्तव,गरुडा,वैशाख २० गते
रौतहटको मौलापुर नगरपालिका –३ गम्हरियामा श्री माध्यमिक विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ । आज वैदिक विधिपूर्वक पूजाआजा गरी मौलापुर नगरपालिकाका नगर रिना कुमारी साहले भवनको शिलान्यास गरेकी हुन् ।
पंडित द्धारा पूजाआजा गरी निर्माण हुन थालेको भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै नगर प्रमुख साहले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए ।
१६ कोठे २ वटा बिधालय भवन सहित कम्पाउण्ड वाल निर्माण र जग्गा विकास हुन लागेको भवन ३ करोड ६ लाख रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
भवन निर्माणको जिम्मा उपभोक्ता समितिले पाएको छ । आर्थिक वर्ष २०७९।८० मा सुरु गरिने सो योजना आ.व. २०८०।८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको अधिकृत साहले बताउनु भयो ।
भवन निर्माण बलक ए मा १ करोड ३९ लाख, बलक बि मा १ करोड ३९ लाख र कम्पाउण्ड वाल तथा जग्गा विकासमा २८ लाख अनुमानित लागत रहेको उनले जानकारी गराउनु भयो । मौलापुुर नगरपालिका बाट २ करोड ७५ लाख र उपभोक्ता समिति बाट ३९ लाख स्रोत बाँडफाँड गरिएको अधिकृत साहको भनाइ छ । शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष महेश महतो कोईरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरू , शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार एवं आम जनसमुदाय लगायतको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1