<

 

 

आरके श्रीवास्तव,रौतहट,वैशाख २० गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा रहेको स्वास्थय चौकी सन्तपुरको भवनमा एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले समुद्धघाटन गरेकी हुन् । देश संघीयतामा गएसंगै सरकारले सबै ठाउँमा जनस्वास्थ्य प्रयोगशाला सामाग्रीहरु पुर्याउने नीति लिएको थियो ।

सोही नीतिको कार्यान्वयन गर्दै फतुवा बिजयपुर नगरपालिकाले बुधवार बाट नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो । बुधवार आयोजित विशेष समारोहमा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख खातुनले प्रयोगशालाको उदघाटन गरिन् । नगरप्रमुख खातुनको विशेष पहलमा र स्वास्थ्य चौकी फतुवा बिजयपुर २ का इन्चार्ज रमेश यादवको सक्रियतामा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा करिब ८० लाख बराबर ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो । साथै कार्यवाहक नगरप्रमुख खातुनले नगर बाट पनि बजेट छुट्टयाएर प्रयोगशालालाइ व्यवस्थित बनाएर सञ्चालन गर्न लगाउनु भएको हो ।

सो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले का.वा. नगर प्रमुख खातुनलाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ ।

ल्याब सञ्चालनमा आएपछि ग्रामीण भेगका गर्भवती महिला,बृद्धबृद्धा लगायतका बिरामी लाभान्वित हुने भएका छन् । भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएछि नगर भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने नगर प्रमुख खातुनले बताइन् । यस अघि भिडियो एक्सरे र ल्याब सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।

सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले बताउनु भयो ।

उक्त उद्धघाटन समारोहमा फतुवा बिजयपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव,प्रदेश सांसद प्रत्यासी मो.शेराज,स्वास्थ्य संयोजक रघुनाथ साह,जिन्सी शाखा प्रमुख हिरालाल महतो,राजनितीक दलका प्रतिनिधीहरु,कर्मचारीहरु तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2