<

 

काठमाडौँ,मंसिर १६,         

  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहीन किसानहरूका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहीन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्यालगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसके पनि कार्यभारलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको जिकिर गरे । सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारविरुद्ध ठूला-ठूला अभियान सञ्चालन गरेको उनले बताए ।

श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिने गरी प्रक्रिया अघि बढाइरहेको र हजारौँले मिटरब्याज समस्याबाट मुक्ति समेत पाइसकेको दाबी गरे । उनले मुलुकमा आएको परिवर्तनको आभास जनताले गर्ने गरी व्यवहारमै पुष्टि गर्ने गरी अगाडि बढ्न खोजिरहेको बताए ।

श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानबाट विश्राम नलिने स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0