<

सान फ्रासिन्सिको, ३० कार्तिक ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिचमा भेटबार्ता भएको छ ।

 

सो क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई  रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन ।

 

उनले सीसँगको वार्ता पछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैं सहमत सबै बिषयमा भएका त छैनौं ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैं प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौं र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौं र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेट पछि राष्ट्रपति वाइडेनले भने ।

 

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो। तैपनि उनले सीसँग सीधा सिधा बार्ता गरेका छन् ।

 

‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामी बिचमा धेरै नै असहमति छ। उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सीधा हुनुहुन्छ।’

 

उनका अनुसार दुई नेता बिचमा कुनै समस्या भएमा फोन बार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन ताकी दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन्।

 

चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडेनले बताएका छन् ।

 

बिडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0