<

राैतहट,कार्तिक २९ गते ।

रौतहटको मौलापुर नगरपालिका वाड नं. १ मर्यादपुरमा अवस्थित श्री माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई विद्यालय पोशाक बितरण गरिएको छ । मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह उपमेयर नागेन्द्र प्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह तथा वडा अध्यक्ष जयनाथ कुशवाहाको उपस्थितीमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

श्री माध्यमिक बिद्यालयका १ सय जना बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेको सोही बिद्यालयका प्रधानाध्यापक दिनदयाल साहले जानकारी दिनुभयो । यस बिद्यालयमा प्राय दलित,बिपन्न तथा गरिब बिद्यार्थी अध्ययन गदै आएको उहाँले बताउनुभयो । विद्यालय पोशाक पाएपछि विद्यार्थीहरु भने हर्षित भएका थिए । कार्यक्रममा मौलापुर नगरपालिका वडा न.१ का वडा सदस्य नवलकिशोर प्रसाद यादव ,राजेन्द्र मुखिया कार्यपालिका सदस्य बैधनाथ प्रसाद जैसवाल समाजसेवी बुद्धिजीवी भोला पाण्डेय ,उपेन्द्र मुखिया , शम्भु यादव , सुरेन्द्र यादव ,ब्रजमोहनलाल कर्ण,ओमनारायण महतो,अवधलाल यादव , बिधानन्द यादव ,बालाशंकर कुशवाहा ,अरबिन्द यादव , बिजय यादव ,विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0