<

वासिंगटन डिसी, ३० कार्तिक ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन् ।

राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन ।

उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको पनि प्रस्ट पारेका छन् ।

इजरायली प्रधानमन्त्रीलाई पनि वाइडेनले भनेका छन कि इजरायलको कर्तव्य हो कि तिनीहरूको अपरेशनमा सर्वसाधारणलाई चोटपटक लाग्नु हुन्न, उनीहरुलाई युद्धको नाममा अपराध गरिनु हुन्न् ।

 

उनले हमासद्वारा बन्धक बनाएकाहरूलाई मद्दत गर्ने सन्दर्भमा उल्लेख गर्दै भनेका छन कि, ‘यो लक्ष्य हासिल गर्नको लागि उसले आफ्नो शक्तिमा सबै गरिरहेको छ ।’ सोही क्रममा उनले भने, उनले इजरायली सेना गाजा भित्र जान र बन्दीहरूलाई मुक्त गर्न पूर्ण रूपमा असफल भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0