<

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ७ स्थित रहेकाे श्री मावि बगहीमा छात्रवृत्ति प्रदान गरिएको हाे । साेमबार नगरपालिका बाट आएको आर्थिक २०८९/०८० काे छात्रवृत्ति बाट ४ सयका दर वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल १ लाख ८६ हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक सराेज साहले जानकारी गराउनु भएको हाे । साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरू लाई वितरण गरिएको हाे ।

वडाध्यक्ष सहिद मिया धाेवीकाे अध्यक्षतामा वितरण गरिएको हाे । छात्रवृत्ति वितरणकाे अवसरमा कटहरिया नपाका शिक्षा संयाेजक अनिल निधी,प्रधानाध्यापक सराेज साह,वडा सदस्य रामकिशाेर यादव,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0