<

आरके श्रीवास्तव,गरुडा,वैशाख १३ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको टेंग्राहामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास भएको छ ।

बुधबार एक कार्यक्रमका बीच वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गौरवले वडा नम्बर ४ को लागि बर्थिङ्ग सेन्टरको शिलान्यास गर्नुभएको हो ।

केन्द्र सरकारको बजेट अन्तर्गत श्री माध्यमिक विद्यालय टेंग्राहाको उतरपट्टी ७ कोठे भवनको बुधबार वडा अध्यक्ष यादवले शिलान्यास गर्नुभएको हो ।

बर्थिङ्ग सेन्टर निर्माणको लागि केन्द्र सरकार बाट ३० लाख बजेट बिनियोजन भएको वडा अध्यक्ष यादवले बताउनुभयो । बर्थिङ्ग सेन्टर नहुँदा यहाँका स्थानीयहरूलाई बाहिर जानुपर्ने बाध्यता रहेको थियो । भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने भएका छन् ।


बर्थिङ्ग सेन्टर शिलान्यास कार्यक्रममा भवन निर्माणको उपभोक्ता समिति अध्यक्ष नागेन्द्र राय यादव,श्री माबि टेंग्राहाको प्रधानाध्यापक अनिल यादव,अशोक यादव,शिव राय यादव,दिनेश यादव,किशोरीलाल यादव, सुबाश यादव, लगायत स्थानीय भद्रभलादमीहरूको सहभागिता रहेकोे थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0