<

आरके श्रीवास्तव,गरूडा,वैशाख १३ गते
रौतहट फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खाली गराउने निर्णय गरिएको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खाली गराउन सूचनाजारी गरेको छ ।

मिति २०८० वैशाख १३ गते बुधबार जारी भएको सूचनामा १५ दिन भित्र वडा अन्तर्गत ऐलानी जग्गामा रहेको घर टहरा हटाउन भनिएको छ ।

आज बुधबार वडा कार्यालयमा सो वडामा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयको अध्यक्षतामा बसेको बैठकले वडाभित्रको ऐलानी जग्गा खाली गराउने निर्णय गरेको हो ।

स्थानीयहरुले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन वडाले अभियानको रूपमा थालनी गर्ने भएको हो । स्थानियहरुले अतिक्रमण गरेर भोगचलन गर्दै आएको ऐलानी वडा क्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी वडा मातहतमा ल्याउन सो निर्णय भएको हो । अहिले वडासँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन् ।
तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले वडाले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको वडा अध्यक्ष यादवले बताउनुभयो ।

वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न वडाले खोजी अभियान अघि बढाएको पनि वडा अध्यक्ष यादवले बताउनुभयो । नेपाल सरकारको स्वामित्वमा रहेको एलानी जग्गाहरु दिनप्रतिदिन अतिक्रमण हुँदै व्यक्ती व्यक्तीगत रुपमा निजिकरण गरिदै गइरहेकोले सो जग्गाहरुको संरक्षण सम्बन्धी छलफल गर्न वडा समितिको प्रतिनिधी,गाउँका भद्रभलादमी,राजनितीक दलका प्रतिनिधी,कर्मचारी पत्रकार लगायतको व्यक्तीहरुको बैठकमा एलानी जग्गा खाली गर्ने गराउने,सम्बन्धीत निकायमा बोधार्थ गर्ने,छठ घाट निरको पोखरि तथा अन्य सार्वजनिक ठाउँमा रहेको पोखरि खाली गराउने र व्यवस्थापन गर्ने सहितका विषयमा छलफल गरिएको थियो । सो अवसरमा वडा सदस्य प्यारेलाल यादव,शेरबहादुर पटेल,राजकुमारी देवी,नैनपती देवी,वडा सचिव अजय राय यादव,अच्छेलाल राय यादव,रविन्द्र कुमार निधी,कन्हैया यादव सहित गाउँभरीका स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0