<

आरके श्रीवास्तव,गरूडा,वैशाख १३ गते
रौतहट । नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य चलिरहेको छ । नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको छ ।
यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु¥याउने लक्ष्य केन्द्रले लिएको छ । सोही अनुरूप आज फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवामा रहेको श्री आधारभूत बिधालय मेवामा अध्ययनरत छात्रछात्राहरू पुस्तक वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष रामईश्वर राय यादवले विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक वितरण गर्नु भएको हो । वितरण गर्ने क्रममा वडा अध्यक्ष यादवले कोही पनि बिद्यार्थीहरू लाई नछुुट्टाउने गरि वितरण गर्न आग्रह गर्नु भयो ।

श्री आधारभूत बिधालय मेवामा पढ्ने कक्षा १ का ३२ जना,कक्षा २ का ४४ जना,कक्षा ३ का ३५ जना,कक्षा ४ का ६५ जना,कक्षा ५ का ६१ जना,कक्षा ६ का ५० जना र कक्षा ७ का ४२ जना बिद्यार्थीहरूलाई पुस्तक वितरण गरिएको प्रधानाध्यापक प्रमोद कुमार साहले जानकारी गराउनु भयो । कक्षा ८ मा अध्ययन गर्ने २८ जना बिद्यार्थीहरू भोली पुस्तक वितरण गरिने उनले बताए ।

सो अवसरमा वडा अध्यक्ष यादवसँगै,प्रअ प्रमोद कुमार साह,कार्यपालिका सदस्य कामेश्वर पंडित,शिक्षक रामप्रवेश साह,शिक्षिका माधुरी कुमारी कुशवाहा,संगिता कुमारी पंडित,बालविकास सहयोगी रिता कुमारी साह,विन्दु कुमारी पंडित, कार्यालय सहयोगी राजेश कुमार साह सहित बिद्यार्थी ,स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0