<

रौतहट,११ गते असोज
रौतहट । जिल्लाको विभिन्न बजारहरुमा अनुगमन गरिएको छ । वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्सा,घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीहरुको टोली द्धारा संयुक्त रुपमा अनुगमन गरिएको हो । बुधवार किराना पसल,औषधी पसल,हार्डवेयर लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरु गरुडा,मौलापुर,देवाहीगोनाही र बौधीमाइको बंकुल बजारमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ५ वटा फर्मलाइ जरिवाना गरिएको छ । म्याद सकेका सामग्रीहरु फेला परेको,फर्म दर्ता नरहेको ,साइन बोर्ड नराखेको,खरिद तथा बिक्री बिल नराखेको,फर्म नविकरण नरहेको फर्महरुलाइ जरिवाना गरिएको हो ।
जरिवानामा पर्ने फर्महरुमा दास स्टोर्स गरुडा,न्यू जेपी इन्टरप्राइजेट बंकुल,अनिल किराना पसल मौलापुर,मौलापुर पोली क्लीनक मौलापुर,मिष्टी जेनरल स्टोरर्स देवाहीगोनाही रहेको छ । उनीहरु बाट जनही पाँच पाँच हजार जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा म्याद सकिएका सामानहरू फेला परेका थिए । म्याद सकिएका सामग्रीहरुको जफत गरीएको उनले बताए । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका फर्महरूलाई एक हप्ता भित्र सरकारी मापदण्ड अनुसार दर्ता गरि फर्म संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यवाहि गर्ने चेतावनी पनि दिईएको थियो । रौतहट जिल्लाका अन्य सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख झाले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्साका प्रमुख सुरेश कमार रेग्मी, घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झा,जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह,गौरी शंकर साह,उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि,संरक्षण कार्यालयका कर्मचारी दिलिप कुमार,घरेलूका कर्मचारी प्रविण कुमार झा,पंकज चौधरी,अमिन्द्र राउत लगायत प्रहरीको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0