<

काठमाडौ, ११ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६०, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाजँर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४००, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, बरेला ९०, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0