<

रौतहट,११ गते असोज ।
रौतहट । गरुडा नगरपालिका–४ को एक पसलमा गएरात आगलागी भएको छ । उक्त आगलागीबाट करोडौं मूल्यका सामान जलेर नष्ट भएका छन् । आगलागी बाट पसलमा रहेको सोफा सेट,दराज लगायत फर्निचरका विभिन्न सामानहरु जलेर नष्ट भएका छन् ।
बुधवार राति करिब १ बजे सोही नगरपालिकाको वडा नम्बर ५ निवासी रामजन्म साहको गरुडा बजारमा रहेको अंशु टे«र्डस नामक फर्निचर पसलमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए । आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।

छिमेकी जिल्लाको निजगढ र सिम्रौनगढ नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको डिएसपी खनालले बताए । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमान अनुसार रु १ करोड भन्दा बढी मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको हुन सक्ने बताइएको छ ।


आगलागी बाट व्यापारीलाइ भएको क्षतीले आफू मर्माहित बनेको गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताएका छन् । पिडित व्यवसायीलाइ विमा कम्पनी बाट क्षर्तीपूती दिलाउन आफूले पहल गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0