<

 

रौतहट, ०८ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नागरिक वडा पत्र राख्न जनमत पार्टी द्धारा ज्ञपान पत्र बुझाइएको छ । आज जनमत पार्टीका रौतहट राजदेवी नगर कार्य समितिद्धारा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । नगर कार्यसमितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्लव कायस्थलाई सो ज्ञापन पत्र बुझाइएको छ ।

हरेक सरकारी निकाय वा कार्यालयहरुमा सेवाग्राही लाई सुविधाका लागि नागरिक वडा पत्र अनिवार्य राख्ने नियम हुदाँ हुदैँ पनि राजदेवी नगरपालिकाले नराखेको देखिएकोले यस नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी, प्रसुतिगृह, आर्युवेद, स्वास्थय केन्द्र र पशु स्वास्थय केन्द्रहरुमा प्रदान गरिने सेवा÷हुने उपचार, निशुल्क प्रदान गरिने औषधी लगायत स्वास्थय समाग्रीहरुको पुर्ण विवरण सहितको सेवा ग्राहीले सजिलै तथा सहज रुपले हेर्न सक्ने ठाँउमा वडा पत्र एक हप्ता भित्र अनिवार्य रुपमा लगाउनु पर्ने मागँ रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

गरिएको माँग लाई एक हप्ता भित्र सम्बोधन गरिएन र अनुगमन तथा निरिक्षणमा जादाँ वडा पत्र देखिएन भने थप संघर्ष गर्ने बाध्य हुने कुरा तथा संघर्ष गरिने परिवेशमा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगरपालिका स्वेम हुने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।

उक्त ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव, अशोक कुमार सिंह, जिल्ला सदस्य शिवशरण यादव, वडा प्रत्यासी सुरेन्द्र ठाकुर, जामुन दास, शषिभुषण राउत, कृषनन्दन तिवारी, नितेश झा लगायत जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0