<

हनुमत यादव,गौर, ०८ असोज । रौतहट जिल्लाको सदरमुकाम गौरमा अव्यवस्थित फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । गौरमा प्रवेश गर्ने मुख्य सड़क छेउमा नगरपालिकाले अव्यवस्थित रुपमा फोहरमैला थुपार्ने गरेका कारण वातावरण दुर्गन्धित भएको छ । गौर समनपुर सड़क खण्ड अन्तर्गत गौर नगरपालिका वड़ा नम्बर ५ स्थित हनुमान मंदिर देखि पूर्वमा सड़क किनारमा फोहर थुपार्ने काम भइरहेको हुँदा वातावरण खराब भई स्वास्थमा असर पर्ने अवस्था बनेको र आवतजावत गर्नेलाई नाक थुन्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

गौरदेखि सिरसिया, गंगा पिपरा, समनपुर जाने मुख्य सड़क रहेकोले सड़क किनारमा नगरपालिकाले अव्यवस्थित रुपमा भण्डारण गर्ने गरेको फोहर मैलाको दुर्गन्धले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम बढेको छ । पुलदेखि करिब ५० मीटरसम्म नगर भित्रबाट दैनिक रुपमा निस्कने फोहर अव्यवस्थित तरिकाले फालिने कार्य गरिएको छ । बाटोको छेउमा सड़ने तथा नसड़ने फोहर अव्यवस्थित रुपमा फालिएकोले बिहान र बेलुका बढी दुर्गन्ध दिने गरेको स्थानीयहरुले बताएका छन ।

फोहर फालिएको ठाउँमा नाक थुनेर हिड्नु पर्ने बाध्यता सृजना भएको बाटो हिड्ने बटुवाहरुको भनाइ रहेको छ । कुहिने र नकुहिने फोहर
फरकफरक ठाउँमा व्यवस्थापन गर्नु पर्ने अवधारणा ल्याउन नसकेका गौर नगरपालिकाले अव्यवस्थित रुपमा फोहर फाल्ने गरेकोले त्यसको असर स्वास्थ्यमा पर्ने चिकित्सकहरुको कथन रहेको छ । सडको वस्तुको दुर्गन्धले स्वास्थ्यमा असर गर्नुको साथै विभिन्न किसिमको रोगको
संक्रमण हुने खतरा बढेको छ ।

स्वच्छ साफा नगर बनाउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको यस्तो कार्यले दुर्गन्धित नगरको रुपमा पहिचान हुने अवस्था आउन सकिन्छ । सडक किनार सफा हुनुपर्नेमा अनावश्यक रुपमा फोहर थुपार्नुले नगर कुरुप हुने भएकोले फोहरको उचित व्यवस्थापन गर्ने तरफ नगर प्रमुखले ध्यान दिनु पर्ने आवश्यकता रहेको जनमानसको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0