<
सागर संगम ठाकुर ,रौतहट असोज ८ गते
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले अपरिपक्व शिक्षा विधेयक ल्याएर देशमा द्वन्द निमत्याएको आरोप लगाएको छ । गृह जिल्लाको गृह नगरपालिका मौलापुरमा वडा नं.७ पथराबुधराम टोल (नन्कार) मा नव निर्मित बिधालय भवनको उदघाटन गर्दै पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो बताएका छन । सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरुको पेशागत हकहितको सुनिश्चित नगरेको भन्दै यो विधेयकले राहत शिक्षक, बालबिकास शिक्षक, नीजि शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरुलाई चिन्न नसकेको बताए ।
समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुप्रति राज्य यति धेरै उदाशीन, गैर जिम्मेवार एवं लापरवाह बन्न मिल्दैन वहाँले भने । अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन–स्रोतको भरमा नीजी शिक्षकहरुले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।
शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफुँमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाब सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन ?, संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरु कानुनको अधिनमा बस्नु पर्छ कि पर्दैन ? “ भनेर उहाँले प्रश्न गर्नुभयो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि आजपा अध्यक्ष साह द्धारा नव निर्मित बिधालय भवनको नाम परिर्वतन गरि श्री राम जानकी अधारभुत बिधालय नामाकरण गरिएको छ । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिद्वय आम जनता पार्टीका उपमहासचिव एवं पुर्व प्रदेश सभा सदस्य मा.कुन्दन कुशवाहा र आजपाका प्रवक्ता चन्द्र भूषण साह रहनु भएको थियोे ।
बिधालय भवनको लाग्तबारे मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह जानकारी गराउनु भयो । उक्त कार्यक्रममा अतिथिको रुपमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र प्रसाद यादव,आजपाको मधेस प्रदेश ईन्चार्ज सुधिर यादव, आजपाका रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह अमर,केन्द्रीय सदस्य मनोज यादव,भोला पाण्डे श्री भग्वान पटेल ,मौलापुर नगरपालिकाका प्रवक्ता एवं दलित नेता चन्देश्वर बैठा, वडा नं.३ का अध्यक्ष महेश कुशवाहा, वडा नं.५ का वडा अध्यक्ष चन्द्रशेखर साह, वडा नं.७ का वडा अध्यक्ष रामपुकार साह, वडा नं.८ का अध्यक्ष श्री परशन यादव, वडा नं ९ का श्री पुजन साह,कार्यपालिका सदस्य,बिधालयका सम्पूर्ण शिक्षक शिक्षाका लगाएत लगायतका जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0