<

आरके श्रीवास्तव,रौतहट,०३ गते असोज
रौतहट प्रहरीले भन्सार छलीको सामान सहित ६ जना मानिसलाइ भन्सार कार्यालय गौर रौतहटमा पठाएको छ । प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सर समानहरु बरामद गरेको थियो ।
म्ंगलवार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले सो सामानहरु बरामद गरेको थियो । जिल्लाको बिभिन्न स्थानबाट माछा,आलु,प्याज,सुजि ,चिनी,कस्तुरी रक्सी लगायतका सर समानहरु सहित ६ जना मानिसहरु,मोटरसाईकल ७ थान र पिकअप गाडी थान १ सहित पक्रेको थियो ।
प्रहरीले पक्राउ गरेको ती सबै सामानहरुको जसको मुल्य रु पच्चिस लाख दुई हजार पचास बरावरको भन्सार छली गरी ल्याएका सर समानहरु कानुन बमोजिम स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा बरामद गरी आवश्यक कार्वाहीको लागी रौतहट भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दामोदर के.सीले जानकारी गराउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0